हेटौंडा – हेटौंडा १ पाथीभरा मन्दिर नजिक आजबाट स्लाव ढलाइको काम सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्लाव ढलाइको शिलान्यास गर्नुभयो । कुल २३ लाख २७ हजार रुपैयाँ लागतमा स्लाव ढलान गरेर सडक निर्माण गर्न लागिएको मेयर महतले वताउनुभयो ।

 

 

 

हेटौंडाको रापतीपुलबाट पाथीभरा मन्दीर र आसपासका क्षेत्रमा जान आउनका लागि सहज होस भन्ने उदेश्यले स्लाव ढलानको काम गर्न लागिएको हो । कुल एक सय ७५ मिटर लम्बाइको स्लाव ढालनमा चार मिटर चौडा सडक निर्माण गरिने वडा नम्बर १की वडा सदस्य इश्वरी रसाइलीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here