अहिलेका लागि नेकपा एमाले यो मुलुकको ठूलो पार्टी हो । ठूलो यो अर्थमा पनि प्रतिनिधि सभामा उसको जति सदस्य संख्या अरुको छैन । पार्टी विभाजन भएर पनि एमाले ठूलो पार्टी भएकाले पनि त्यसका अध्यक्ष र नेताहरुमा एमाले हुनुमा सायद गर्व भएको देखिन्छ । माधव नेपालहरुले अर्को पार्टी खोल्दा पनि एमाले ठूलो दल हुनु भने आफैमा उनीहरुका लागि उपलब्धी हो ।

यही ठूलो पार्टीको आजबाट चितवनमा महाधिबेशन हुदैछ । उसले गर्ने महाधिवेशनका सवालमा बिभिन्न टीका टिप्पणी पनि भइरहेका छन् । यसो किन भइरहेको छ भने एमाले महाधिवेशन लोकतान्त्रिक हुदैछ वा यो लोकतन्त्रमा बिश्वास गर्दैन पनि भनिदै छ । यस खासको कुराहरु पनि भइरहेको छ ।

अध्यक्षमा उम्मेदवारी घोषणा र अहिलेका अध्यक्ष केपी ओलीले लिने नीतिका कुरालाई पनि बढी ध्यान दिइएको छ । हरेक पार्टीमा लोकतन्त्र हुन आवश्यक छ र नयाँ नेतृत्व जन्माउनु पनि पर्दछ तर नेपालका पार्टीहरुमा यस खालको समस्या देखिएको छ जे भएपनि एमाले महाधिवेशन लोकतान्त्रिक बनोस् शुभकामना ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here