नेपाली राजनीति अहिले प्रचण्डको वरपर घुमिरहेको छ । राजनीतिमाम अहिलेका लागि प्रचण्ड निकै धुर्त खेलाडीको रुपमा स्थापित छन् । प्रचण्डले चाहेको र सोचेको कुरा नेपाली राजनीतिमा पुरा हुने गरेको छ । तर प्रचण्डको राजनीतिले देशलाइ भने संधै फाइदा पुगेको छैन । पछिल्लो समय उनले गोरखा २ लाई आफ्नो चुनावी हतियार बनाएका छन् ।
सत्य कुरा यही हो कि उनी चितवनबाट उठ्न चाहान्थे तर चितवनका जनताले उनलाई पुनः सांसद बनाउने संभावना कम देखेपछि उनी गोरखा २ मा हानिएका हुन् । गोरखा २ माओवादीको यसै गढ हो अनि काँग्रेसको पनि साथ रहदा उनी सहज रुपमा बैतर्णी तर्ने संभावना रहेको छ ।
यसपाली प्रचण्डले सहिजलोसंग सांसद बन्ने चाहना पूरा हुदैछ । उनी सांसद मात्रै बन्ने छैनन्, प्रधानमन्त्री पुनः एक पटक बन्ने संभावना पनि उत्तिकै छ । त्यसैले पनि प्रचण्डको चलाखीले गोरखा २ का मतदाताले के पाउलान् त्यो त भविष्यको कुरा हो तर उनीले भने सांसद पद पक्कै पाउने र प्रधानमन्त्रीको पदमा पुग्ने शंभावना पनि उत्तिकै छ ।
















