श्याम गुप्ता
जीतपुर,तराईको जिल्ला बारामा साँझ बिहानको तापक्रम दिन प्रतिदिन बढ्दो छ । उम्मेदवार गर्मीको वास्ता नगरी मतदाताका घरदैलोमा पुगिरहेका छन । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलबीच मुख्य प्रतिस्पर्धा हुँने आंकलन गरिएको छ । उनीहरुलाई जनमतका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्रका रमेश खरेलले चुनौंती दिइरहेका छन् । मधेसवादी दलका दुई शीर्ष नेताबीचको रस्साकस्सीको फाइदा उठाउँने दाउमा नेकपा एमाले देखिन्छ । मधेस मैं राम्रो छवी बनाउँन सफल एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल अन्य उम्मेदवारका लागि भने टाउको दुखाइ बन्नुभएको छ । पौडेललाई बलिया उम्मेदवारको रुपमा हेनिन थालिएको छ । पौडेल बाराकै चिरपरिचित अनुहार तथा बाराका पुरानों र जनमुखी नेताको रुपमा समेत परिचित भएकाले अन्य उम्मेदवारका लागि टाउको दुखाइ बन्नुभएको हो । गत २०७० सालमा बारा क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष रूप मैं निर्वाचन लडेर बिजयी हुनु भएका पौडेलले मतदाता सामु विकासका एजेण्डा तथा शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरेर युवालाई देश मैं बस्ने वातावरण बनाउँने प्रतिबद्धता समेत राखिरनुभएको छ । उहाँप्रति मतदाताको खास आकर्षण देखिन्छ ।यता, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्रका रमेश खरेललाई भने सबै पालिका र प्रत्येकको घरमा गएर मतदातालाई रुझाउँनु पर्ने बाध्यता देखिन्न्छ । जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका यादवका लागि बारा क्षेत्र नम्बर २ मा पनि भने जस्तो सजिलो देखिएको छैन् । बारामा पनि उहाँ सामु डा.राउत बाधक बनेर अगाडि आउनुभएको छ । राउतले मंसिरमा सम्पन्न चुनावमा पनि गठबन्धनको उम्मेदवार भइ झिनों मतान्तरले पराजित शिवचन्द्र कुशवाहालाई चुनावी मैंदानमा उतार्नुभएको छ ।नेकपा माओवादी केन्द्रका कुशवाहालाई पार्टी प्रवेश गराउँदै डा.राउतले उम्मेदवार मात्रै बनाउनुभएन । आँफै चुनावी कमाण्ड सम्हालिरहनुभएको छ । त्यसो त जसपा अध्यक्ष यादव चुनावी मैंदानमा प्रतिस्पर्धी नैं नभेटेको बताइरहनुभएको छ । मैंदानमा प्रतिस्पर्धी नैं नदेखेकाले चुनाव जित्नेमा ढुक्क रहेको उहाँको भनाइ छ । बारा २ का जनता आँफूलाई जिताउँन उत्साहित रहेको यादवको भनाइ छ । तर, जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले भने जसपा अध्यक्ष यादवले चुनावी जित्ने कुँनै आधार नदेखेको दावी गरिरहनुभएको छ र सप्तरीबाट पराजित भएका यादवलाई बारा २ का जनताले किन जिताउँने भन्दै बाराका मतदाताको मत र ईज्जत खरिद गर्न आएको आरोप उनले खेप्नु परेको छ । चार महिना अघि पराजित बनेर बाराको उपनिर्वाचनमा होमिनुभएका यादव यो अवसर खेर फाल्न चाहानुहुन्न । चुनाव जित्न उहाँले सकेको शक्ति प्रयोग गरिरहनुभएको छ । मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवको घरलाई मुकाम बनाएर जसपा अध्यक्ष यादवको चुनावी अभियान अघि बढिरहेको छ । यादवको चुनावी प्रचारमा प्रदेशका अर्थ मन्त्री संजिव कुमार यादव, सामाजिक विकास मन्त्री सुरिता कुमारी साह सहिँत प्रदेश सभा सदस्य, सत्तारुढ दलका नेता सक्रिय भएर लागेका छन् ।बाराको भूमिमा राजनीतिक जीवन बिताउनुभएका पौडेल पनि चुनाव जित्नेमा ढुक्क देखिनुहुन्छ । ‘जनताको साथ एमालेले प्राप्त गरिरहेको छु । काम गर्ने पार्टी कुन हो भनेर जनताले बुझेका छन्,’ उम्मेदवार पौडेलले भन्नुभयो, ‘त्यसैले पनि एमालेको जित सुनिश्चित छ ।’ एमालेको चुनावी अभियानमा शिर्ष तहका नेता समेत सहभागी भरहेका छन् । त्यस बाहेक बारा १ बाट निर्वाचित पोलिटव्युरो सदस्य अच्युत मैनाली र बारा ३ बाट निर्वाचित पोलिटव्युरो सदस्य ज्वालकुमारी साह पौडेलको प्रचारमा सक्रिय देखिएका छन् । मैनाली र साहको उपस्थितिले पौडेलको चुनावी अभियानलाई बलियो बनाउँदै लगेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली पनि चुनावी मैंदानमा सक्रियताका साथ लाग्नुभएको छ । काठमाण्डौंमा पराजित भएका खरेल मधेसको भूमिबाट चुनाव जित्नेमा ढुक्क देखिनुहुन्छ । उहाँको चुनावी अभियानमा साथ दिन पार्टी सभापति रवि लामिछाने एकपटक बारा आईसक्नुभएको छ भने पार्टीका अन्य नेता पनि बारामा सक्रिय छन ।यता प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार ज्ञवाली चुनावको नतिजा आफ्नों पक्षमा आउँने दावी गरिरहनुभएको छ । मंसिरमा सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई करिब आठ हजार मत प्राप्त गरेका ज्ञवाली यस पटक आम जनता पार्टीबाट उम्मेदवार बन्नुभएको हो । उहाँको चुनावी अभियानमा अध्यक्ष साह आँफै सक्रिय भएका लागिरहनुभएको छ ।राजनीतिक दलका उम्मेदवार सबैले चुनाव आँफूले जित्ने दावी गरिरहे पनि आम मतदाता भने अन्यौलमा देखिन्छन् । विकासको नारा बोकेर घरदैलोमा पुगिरहेका उम्मेदवारलाई धुलाम्य सडक र फुसको घरबाट मतदाताले नियालिरहेका हुँन्छन् । चुनावमा नारा बोकेर आए पनि विकासका काम भने नगरेको मतदाताको गुनासो छ । बारा क्षेत्र नं.२ मा करिब एक लाख पाँच हजार मतदाता छन् । यस निर्वाचन क्षेत्रमा पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई, देवताल, सुवर्ण गाँउपालिका र कोल्हबी नगरपालिकाको वडा नं. ८ को भूभाग पर्दछ ।



















