वीरगञ्ज,वीरगञ्जको नेशनल मेडिकल कलेजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलित भएका छन् ।
चिकित्सा शास्त्र अध्ययन गरेका एमीबीबीएस प्रथम वर्षदेखि एमडी (विशेषज्ञ) सम्मका विद्यार्थीहरु विभिन्न मागहरु राख्दै आन्दोलित भएका हुन् ।विद्यार्थीहरुले अध्ययनका लागि मेडिकल कलेजले होस्टल बस्नैपर्ने बाध्यता गरेकोलाई सो हटाउनुपर्ने, अध्ययन पछिको इन्टर्नसिपमा दिइने पारिश्रमिक वृद्धि गर्नुपर्ने, कलेजको क्यान्टिनको मेस हटाउनु पर्ने र इन्टरनेटको वाईफाई हटाउनुपर्ने लगायतका माग गरेर मूल गेटमै धर्ना बसेर आन्दोलन गरेका हुन् ।कलेजका एक विद्यार्थीले अध्ययन सकिएपछि गरिने इन्टर्नशीपमा दिईदै आएको १० हजार पारिश्रमिक बढाएर १५ हजार गर्नुपर्ने माग राखेको बताए । चार दिनदेखि आन्दोलन गरेपनि कलेज प्रशासनले अहिलेसम्म कुनै सुनुवाई नगरेको आन्दोलनरत विद्यार्थीहरुले गुनासो गरेका छन् ।

नेशनल मेडिकल कलेजमा विद्यार्थीहरु आन्दोलित भएको जानकारी पाएपछि अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तथा मधेस प्रदेश उपाध्यक्ष इश्क कुमारले संगठनको ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले आन्दोलनरत विद्यार्थीहरुसँग भेटेर मागको विषयमा जानकारी लिएको र विद्यार्थीहरुको माग जायज रहेकोले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here