सिमरा,नेकपा एमाले निजगढ नगर कमिटीको अध्यक्षमा तिलक घलान निर्वाचित हुनुभएको छ ।नेतृत्व चयनका लागि सोमवार भएको निर्वाचनबाट घलान ८४ मतको मतान्तरले निर्वाचित हुनुभएको हो । घलानले एक सय ७९ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार जयराम कुमरले ९५ मत पाउनुभयो ।
यसैगरी उपाध्यक्षमा सम्झना थापा लामिछाने निर्वाचित हुनुभएको छ । लामिछानेले एक सय ६७ मत पाउँदा जितबहादुर तामाङले एक सय मत प्राप्त गर्नुभयो ।सचिवमा थानेश्वर सापकोटा निर्वाचित हुनुभएको छ । सापकोटाले एक सय ८४ मत पाए भने सचिवका अर्का उम्मेदवार प्रेमबहादुर कार्कीले ८५ मत पाएको निर्वाचन अधिकृत रुद्र धिताले जानकारी दिनुभयो ।
उपसचिवमा पुरुषोत्तम भट्टराई निर्वाचित हुनुभएको छ । भट्टराईले एक सय १५ मत प्राप्त गर्नुभएको छ । उपसचिवका अर्का उम्मेदवार हरि बर्तौलाले ६१ र बिजय तिमिल्सिनाले ५९ मत पाउनुभएको छ ।नगर कमिटीको एक उपसचिव (महिला) र ५० सदस्य निर्विरोध चयन भए पनि अध्यक्षसहितको चार पदाधिकारी चयनका लागि निर्वाचन भएको हो । निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र एक उपसचिव निर्वाचित भएका छन् ।

















