निजगढ,नेपाल कम्युष्टि पार्टी एमालेले सोमवार निजगढमा चुनाव लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।

प्रशिक्षणमा नेकपा एमाले केन्द्रीय स्कुल विभाग सदस्य एंव प्रशिक्षण विभाग उपप्रमुख ईश्वरी रिजाल, एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल र अच्युत मैनालीले कार्यकर्तालाई आगामी निर्वाचनको तयारी बारेमा विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।

नेकपा एमाले निजगढ नगर अध्यक्ष सुरथ पुरीले दिएको जानकारी अनुसार रिजालले स्थानीय निर्वाचनको तयारी, नेता पौडेलले पार्टीको सैद्धान्तिक विषय र अर्का नेता मैनालीले निर्वाचन र कानुनी प्रावधानहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा निजगढ नगरपालिकाका पार्टीको विभिन्न कमिटी र जनसंघठनमा आवद्ध करिव ६ सय ५० जना कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

एमाले नगर अध्यक्ष पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रेदेश सभा सदस्य एंव प्रदेश कमिटी सदस्य त्रिलोकी चौधरी, निजगढ नगर ईन्चार्ज दिलबहादुर लामा, नगर उपाध्यक्ष भोलाप्रसाद गौतमले बोल्नुभएको थियो । कार्यक्रमको संचालन नगर सचिव तिलक घलानले गर्नुभएको थियो ।

Leave a Reply