काठमाण्डौं,प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उद्देश्य राखेको र त्यो पूरा भएरै छाड्ने दाबी गर्नुभएको छ ।नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले एकल बहुमत ल्याउने काम कष्टपूर्ण भए पनि एमालेका लागि त्यो सम्भव भएको जिकिर गर्नुभएको छ । ‘हामीले मिसन ८४ को उद्देश्य लिएका छौं, एकल बहुमत ल्याउने उद्देश्य लिएका छौं, यो असम्भव छैन, यो विल्कुलै सम्भव छ ।’ एमाले अध्यक्ष समेत रहेका ओलीले भन्नुभएको छ ।

अहिलेको समानुपातिक प्रणालीमा हङ पार्लियामेन्टमा हुने बताउँदै उहाँले यही प्रणालीमा बसेर बहुमत ल्याउन लाग्नुपर्ने उहाँले बताउनुभएको छ । आफ्नो पार्टी आन्दोलनबाट खारिएर आएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस अनुसार नै अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

Leave a Reply