रौतहट,आफूले बेचेको दुधको पैसा पाँच महिनादेखि नपाएपछि रौतहटका दुध उत्पादक किसान मारमा परेका छन् । आफूले बेचेको दुधको पैसा नपाएपछि उनीहरूले दाना किन्न पनि गाह्रो भएको गुनासो गरेका छन् ।रौतहटका विभिन्न सहकारी तथा डेरीमार्फत खरिद गरिएको दुधको पैसा डिडिसी र विभिन्न निजी डेरीले पाँच महिनादेखि पैसा नदिएको रौतहटका डेरी सञ्चालकले गुनासो गरेका छन् ।

किसानले उत्पादन गरेको दूध विभिन्न सहकारीमा किसानले बेच्ने र सहकारीले डिडिसी र विभिन्न निजी डेरीलाई दिँदै आएका छन् ।रौतहट जिल्लामा दैनिक ३० हजार लिटर दुध उत्पादन हुँदै आएको छ । पाँच महिनादेखि दुध बेचेको पैसा नपाउँदा किसानहरू समस्यामा परेको रौतहट जिल्ला दुग्ध उत्पादक संघका अध्यक्ष श्रीकृष्ण अधिकारीको भनाइ छ ।
किसानले बेचेको दूधको पैसा लिन आन्दोलन गर्नुपर्ने अवस्था आएको रौतहट जिल्ला दुग्ध उत्पादक संघका अध्यक्ष अधिकारीको भनाई छ ।

Leave a Reply