देशबाट बैदेशिक रोजगारीमा युवाहरु गए भनेर एक समूह निकै चिच्चाएर सरकारको विरोध पनि गरेको देखिन्छ तर यो दर रोकिएको देखिदैन ।
हरेक वर्ष बिदेशिने युवाहरुको संख्या बढेको बढ्यै देखिन्छ । त्यसैले पनि स्वेदेशमा नै रोजगारीको अवसर आउछ वा बिदेश जानु पर्देन भन्ने कुरा गर्नु नै उचित छैन बरु नेपालमा वा स्थानीय स्तरमा नै स्वरोजगार हुने कुरामा जोड दिन र स्थानीय स्तरमा लागेका ब्यक्तिहरुको प्रोत्साहन गर्न आवश्यक छ । संघीय सरकारदेखि स्थानीय सरकार सबैले यस्ता ब्यीक्तहरुलाई प्रोत्साहन गर्ने नीति बनाउन अति आवश्यक छ ।
बाराको निजगढका नीरज श्रेष्ठ कम्तीमा आत्मनिर्भरको बाटोमा हुनुहुन्छ । उहाँले फलफूलमा पनि अत्यन्तै लाभदायी ड्रेगन फ्रुट खेती गरिहनुभएको छ ।त्यसो त निजगढमा यो खेती गर्ने उहाँ एकजना मात्रै हुनुहुन्न । धेरै जना हुनुहुन्छ । कम्तीमा एक दर्जनको हारहारीमा यसै पनि हुनुहोला । यस्ता सबै युवाहरुको यो श्रम र मेहनेतको प्रशंसा मात्र होइन, सहयोग गर्न अति आवश्यक छ । नीरजले यूटुब हेरेर सिक्न परेको छ, यो अलि ठीक नहोला । कम्तीमा सरकारहरुले उहाँलाई सिकाउन पर्ने थियो । जे भएपनि उहाँले इच्छा देखाएर आफै होमिनु भयो त्यो उहाँको महानता हो ।
हुन त बजारीकरणमा खासै समस्या नभएको व्यवसायीहरुको कुरा छ तर स्थानीय सरकारले विशेष गरी यस्ता व्यवसायीहरुको सवालमा अलि प्रभावकारी नीति बनाउन आवश्यक छ । प्रदेश र संघीय सरकारले पनि यो नीति बनाउन जरुरी छ । बजारीकरण अझै व्यापक भयो भने अरुका लागि पनि प्रोत्साहन हुनेछ । बिदेश जाने सोच बनाएका कसैका लागि यो प्रेरणा पनि हुनेछ । त्यसैले यस्ता खेतीका लागि प्रोत्साहन अति आवश्यक छ ।

















