सिमरा,बाराको सिमरा सेजमा नौ उद्योग सञ्चालनका लागि स्वदेशी लगानीकर्ताहरुले प्रस्ताव पेस गरेका छन् । सिमरा सेजको ६८ मध्ये २७ प्लटमा करीब साढे दुई अर्बको लगानी रहने गरी नौ वटा उद्योगहरुले आवेदनको प्रस्ताव पेश गरेका हुन् ।
सेजका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले सिमरामा ६८ मध्ये हालसम्म २७ प्लटमा ९ उद्योगले आवेदनको प्रस्ताव पेश गरेको र केही समयभित्रै भैरहवा जस्तै सिमराका सबै प्लट माग हुने बताउनुभयो । उद्योग सञ्चालनमा आएमा ८ सय बढीले रोजगारी पाउने बताइएको छ । विशेष गरि आर्थिक क्षेत्र सेजले जग्गाको भाडा घटाएसँगै उद्योगलाई चाहिने आन्तरिक सडक, पानी, विद्युत, सुरक्षा, तौलपुल, बैंक, भन्सार, बीमा, प्रशासनिक भवनलगायतका भौतिक पूर्वधारहरु सम्पन्न भएपछि उद्योगीले धमाधम आवेदन दिएका हुन् ।
विशेष आर्थिक क्षेत्र सेजले जग्गाको भाडा घटाएसँगै उद्योगलाई चहिने आन्तरिक सडक, पानी, विद्युत, सुरक्षा, तौलपुल, दूषित पानी प्रशोधन केन्द्र, बैंक, भन्सार, बीमा, प्रशसानिक भवन लगायतको भौतिक पूर्वधारहरु सम्पन्न भए पछि उद्योगीले धमाधम आवेदन दिएका हुन । सिमरा सेजमा भटमासको पिना, तेल, पाम आयल, मेटलका वस्तु, प्लाष्टिक प्रोसेसिङ, सिसा ग्लास लगायतका उपकरण निर्माण गर्ने उद्योगहरुको प्रस्ताव गरिएको सेज प्राधिकरणले जनाएको छ ।
पथलैया–वीरगन्ज औद्योगिक करिडोरको मुख्य सडकबाट १ किलो मिटरभित्र रहेको सिमरा सेजमा प्रस्तावित उद्योगरुहरुले भारतलगायत तेस्रो मुलुकमा निर्यातका लागि उत्पादित वस्तु पैठारी गर्न ढुवानीका कारण छोटो अनि सहज मानिन्छ । हालसम्म प्रस्ताव परेका दुवै स्थानमा सबै स्वदेशी लगानीकर्ता रहेको कार्यकारी निर्देशक भट्टले जानकारी दिनुभयो ।