पुष्पराज खतिवडा
मनहर्वा,जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा तेस्रो राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।तपुरसिमरा उपमहानगगरपालिका वडा नम्बर १४ को रजघट्टामा रहेको श्री जनता माध्यमिक विद्यालयमा शुरु गरिएको अन्तर विदालय रनिङ्ग शिल्ड प्रतियोगिताको पूर्वमन्त्री एवं संघीय सांसद ज्वालाकुमारी साहले उद्धाटन गर्नुभएको थियो ।
प्रतियोगितामा पालिकाभरिका २० सामुदायिक र १६ नीजि गरी ३६ विद्यालयले भाग लिएका छन् । प्रतियोगितामा भलिबल, कबड्डी, फुटबल, क्रिकेट, एथलेटिक्स, कराँते र तेकवान्डो गरी ७ खेल समावेस गरिएको छ ।प्रतियोगिता अन्तर्गत १२४ वटा खेल आयोजना गरिने छ । जस्मा २४३ जना छात्रा र ३३१ जना छात्र गरी ५७४ जना विद्यार्थीले प्रतियोगितामा भाग लिने शिक्षक राजु अधिकारीले जानकारी दिनुभयो ।२०७८ सालबाट जीतपुरसिमराले रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्न थालेको हो । पहिलो प्रतियोगिता जनता माध्यमिक विद्यालय रजघट्टामै सम्पन्न भएको थियो । दोस्रो नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरमा र तेस्रो पुनः रजघट्टामै आयोजना गरिएको हो ।जीतपुरसिमरा उपमहानगरपालिकाभित्र ६१ सामुदायिक र ५५ नीजि गरी ११६ वटा विद्यालय संचालनमा छन् । ति विद्यालयहरुमा करिब १० हजार विद्यार्थी अध्यायनरत रहेका पालिकाले जनाएको छ ।रनिङ्ग शिल्ड प्रतियोगिता उद्धाटन समारोहमा पूर्वमन्त्री एवं संघीय सांसद साह सहित संविधान सभा सदस्य मधु शाही, जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा नम्बर १४ की अध्यक्ष चयन मगर, कार्यपालिका सदस्य प्रभावती पासवान, प्रलाद साह लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका वक्ताहरुले विद्यालय स्तरमा खेलकुदलाई प्राथमिकता दिनुपर्ने धारण राखेका थिए । उनीहरुले वार्षिक रुपमा नभई विद्यालयहरुमा पठनपाठनसँगै नियमित खेलकुदका गविविधि हुनपर्ने बताए ।कार्यक्रम उद्धाटनको अवसरमा विद्यार्थीहरुले विभिन्न झाँकी, नृत्य समेत प्रस्तुत गरेका थिए ।प्रतिया्ेगिताको सचिवालय विद्यालयको रुपमा समेत रहेको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक अधिकारीको उद्धाटन कार्यक्रमको संचालन गर्नुभएको थियो ।
प्रतियोगिता माघ १३ गते समापन हुनेछ जनाइएको छ ।

















