राजन कुमार बनिया
पोखरिया,बिन्दबासिनी गाउँपालिकाकाले गाउँवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।रगत आवश्यक पर्ने गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन बिन्दबासिनी गाउँपालिकाको कार्यालय र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।बिन्दबासिनी गाउँपालिकाका प्रमुख प्रमोद तिवारी र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सौरभराज पाण्डेले गर्नुभएको सम्झौतामा रगत आवश्यक पर्ने गाउँवासीलाई रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार सेवा पर्साबाट रगत उपलब्ध गराइने जनाइएको छ ।बिन्दबासिनी गाउँपालिका प्रमुख तिवारीले निर्वाचनमा उम्मेदवार हुँदाका बखत गरेको चुनावी प्रतिबद्धता र गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख भएको ‘अध्यक्ष स्वास्थ्य सहायता कार्यक्रम’ अन्तर्गत गाउँवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको बताउनुभयो ।निःशुल्क रगत पाउनका लागि आफू गाउँवासी भएको प्रमाण स्वरूप गाउँपालिकाको भनेर प्रमाण खुल्ने नागरिकता, मतदाता परिचयपत्र, सवारी चालक अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

Leave a Reply