आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढमा सोमवार मर्यदा पुरुषोत्तम श्री रामको भव्य शोभा यात्रा निकालिएको छ ।भारतको अयोध्यमा भगवान श्री रामको प्राण प्रतिष्ठानको शुभ अवसर पारेर सिम्रौनगढमा स्थानीयले शोभा यात्रा निकालेका हुन । बलाजी सनातन धर्म रक्षा मन्च, हिन्दू सम्राट सेना, सनातन धर्म रक्षा मन्च, सनातन धर्म रक्षा मन्च लगायत विभिन्न धार्मिक संघसंस्थाको ब्यानर बोकेर गाउँगाउँबाट आएका श्रद्धालुहरु सहभागीहरुले सिम्रौनगढको कन्काली मन्दिरबाट निकालेको शोभा यात्रा नगर परिक्रमा गर्दै अमृतगञ्जस्थित राम जानकी मन्दिरमा पुगेको थियो ।सोमवार बिहानैदेखि भेला भएका भक्तजनहरुले यहाँका देवस्थलमा पूजा गरि आफ्नो गाउँबाट शोभा यात्रा निकालेर सिम्रौनगढ नगरपालिका वडा नम्बर २ अमृतगन्जस्थित रामजनकी मन्दिरमा बलाजी सनातन धर्म रक्षा मन्चद्वारा आयोजित पूजास्थलमा पुगेर होम तथा पूजा गरेका थिए ।त्यस्तैगरी सोही अवसरमा सिम्रौनगढ– ६ स्थित टोल सलेमपुरको नव निर्मित राम मन्दिरमा विधिवत पूजा गरि प्राण प्रतिष्ठान गरिएको छ । सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवारले मन्दिरको उद्धाटन गर्नुभएको थियो ।सो अवसरमा सिम्रौनगढ नगरपालिकको कचोर्वा, भगवानपुर, देवापुर टेटा, गंगानगर, हरिहरपुर, खजानी, जानकी नगर, झवानी, कमलपुर, सतुवाही, अमरपुर, ननसगरा ढाट, चौरहिया, बडाईटबाल, छोटा ईटवाल, कनकपुर लगयतका गाउँहरुमा घरघरमा र सार्वजनिक स्थानमा पूजा गरेका थिए । त्यसैगरी नगरका विभिन्न स्थानमा सोमवार बेलुकी दिपावली समेत गरिएको थियो ।त्यस्तै प्राण प्रतिष्ठानको अवसरमा सिमरामा रहेका राम मन्दिरलाई सजावट गरी आकर्षक पारिएको थियो । मुख्य बजार क्षेत्रका सडकका साथै घरघरमा ‘जय श्रीराम’ लेखिएको झन्डा झुन्ड्याइएको थियो । सोमबार साँझ १००८ दीप प्रज्वलन कार्यक्रम पनि गरिएको थियो ।वीरगञ्ज महानगरमा रहेका हरेक मठमन्दिरलाई सजावट गरी आकर्षक पारिएको छ । मुख्य बजार क्षेत्रका सडकका साथै घरघरमा ‘जय श्रीराम’ लेखिएको झन्डा झुन्ड्याइएको छ । महानगरका घरघरमा सोमबार साँझ दियो बालेर दीपावली पनि मनाइएको थियो ।

Leave a Reply