बिदुर खडका
डुमरवाना,बुधबार विश्व ओजन तह बचाऊ दिवस मनाइएको छ । पृथ्वीमा भइरहेको तापक्रम वृद्धिका कारण रक्षाकवचको रुपमा रहेको ओजन तह पातलिदै गएको र यसले मानव लगायत सम्पुर्ण जीवजन्तु र वनस्पतिको अस्तित्वमा नै संकट पैदा गरेको भन्दै विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन ।
यस वर्षको ओजन बचाऊ दिवसको नारामा कोरोना त्रासबाट सुस्तरि उक्लदै गएको बिश्वमा खानेकुरा र खोपलाई सहि तापक्रममा राखौं भन्ने बिम्ब प्रयोग गरिएको छ । नेपालमा भने कोरोना कहरका कारण सरोकारवाला निकायले सार्वजनिक रुपमा कार्यक्रम आयोजना गरेर मनाउन नसके पनि बिभिन्न माध्यामबाट चेतनामुलक संन्देशहरु प्रशारण भइरहेका छन ।
नेपालको आकासमा भने प्रतिदिन मानव निर्मित साधनहरुले मानव जातिलाई नै असर पार्ने गरि ओजन तह नष्ट हुदै गइरहेकोप्रति सचेत हुन जरुरी रहेको जीतपुरसिमरा उपमहानगरपालिका डुमरवानास्थित विज्ञान विषयका प्राध्यापक किशोर शर्मा बताउनुहुन्छ ।
९४ वटा रसायनले ओजन तह बिनास गरिरहेको अवस्थामा यस्ता हानिकारक रसायनहरु न्यूनीकरणको लागि सरकार र सरोकारवाला निकायले खासै चासो दिएको देखिदैन । पृथ्वीको सतहदेखि १५ देखि ३० किलोमिटिरमाथि रहेको ओजन तह मानवलगायत सबै जीव र वनस्पतिको लागि रक्षात्मक कवचको रुपमा रहेको छ ।
अव्यवस्थित औद्योगिकीकरण, प्रदुषण र रसायनिक वस्तको प्रयोगले ओजोन तहमा प्वाल परेर मानव जाति आफै नै बिनासको दिशातर्फ उन्मुख भएको प्राध्यापक शर्माको भनाइ छ ।
मानिसले बिलासिताको लागि प्रयोग गर्ने बासनादार सेन्ट, परफिन, सुगन्धित पेन्ट, घरमा जडान गरिएका एयरकण्डिशन र गतिहिन ईन्जिनहरुबाट निस्कने तरङ्ग तथा धुवा कारखानामा प्रयोग हुने स्प्रेयरोसेल लगायत रसायनिक वस्तुहरुले ओजन तहलाई क्षति पुर्याउने गरेको वैज्ञानिकहरुको दाबी छ ।

















