फागुन २१ को चुनावको मिति नजिकिदै गर्दा देशभर चुनावी माहौल पनि बन्दै गइरहेको छ । यस पटक नेपालमा हुन गइरहेको यसपालीको चुनाव अलि फरक पनि छ । यसअघिको चुनावमा ०६४ सालको संबिधान सभाको चुनावको समयमा बाहेक राजनीतिक दललहरुले चुनावी प्रतिस्प्रर्धामा गठबन्धन गरेका थिए ।

कहिले एमाले, माओवादी त कहिले काँग्रेस र माओवादीकाबीचमा चुनावी तालमेल भएको थियो तर यसपाली भने कुरा फरक छ । अहिले दलहरु आआफ्ै सुरमा चुनावी मैदानमा होमिएका छन् । एकाध ठाउँमा बाहेक चुनावी गठबन्धनको कुरा आएको छैन । अब यसपाली आफ्नै चुनाव चिन्हमा भोट हाल्ने अवस्था सृजनाम कार्यकर्तालाई पनि भएको छ ।
वास्तवमा चुनावमा गठबन्धन गर्ने होइन । नेपालमा त जबरजस्त एक खालको अभ्यास पनि गरिएको थियो । ठूला भनिएका नेता जिताउनका लागि गठबन्धन गर्नुपर्छ भन्ने भाष्य पनि सृजना गरिएको थियो र विगतमा यस्तै सिकाइयो तर यसपालि पनि यस्तै कुरा त भएको थियो तर सफल हुन सकेन । यसपालि जनताको माग पनि फरक भयो । नयाँ पुस्ताको चाहना पनि फरक भयो । उनीहरुले यसको खबरदारी पनि गरे ।
यसैका कारण ठूला भनिएका दल र तिनका नेता पछाडि फर्कन बाध्य भए र एक्लै चुनावी मैदानमा होमिएका पनि छन् । यो पटकको चुनावमा वास्तवमा सबैको आफ्नो हैसियत थाहा हुनेछ । चुनावको अघिल्लो दिनसम्म बहुमतको दाबी सबैले गर्ने अधिकार भएपनि वास्तविक कुरा भने चुनावको परिणामले दिनेछ । गठबन्धन यसपालि भएन यो राम्रो पक्ष हो ।

















