काठमाडौं,सत्तारुढ दल नेकपा एमाले सांसद किरणकुमार साहले नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभएको छ ।सोमवार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।जिउँदै इँटाभट्टामा जलाएर मारिएको जघन्य घटनामा दोषी ठहर भएका आलमको फैसला उल्ट्याउँदै न्यायाधीशद्वय थारु र महर्जनले सफाइ दिएका थिए ।

उक्त फैसलालाई राजनीतिक संरक्षणको परिणामको रूपमा व्याख्या गरिएको भन्दै उनले तत्काल महाअभियोग प्रक्रिया अघि बढ्नुपर्ने बताउनुभएको हो ।‘अहिले मिडिया र जनमानसमा यो निर्णयलाई राजनीतिक संरक्षणको परिणामको रूपमा व्याख्या गरिएको छ । यदि सरकार साँच्चै स्वतन्त्र न्यायपालिका चाहन्छ भने र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने सो फैसला सुनाउने उच्च अदालतका न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्छ,’ सांसद साहले भन्नुभएको छ ।यदि यस्तो कदम चालिँदैन भने गठबन्धन सरकारले नै आलमलाई उपहारस्वरूप सफाइ दिएको भन्ने सन्देश जाने पनि उहाँको भनाई थियो ।जुन कुरा लोकतन्त्र र न्याय प्रणालीमाथिको गम्भीर अपराध भएको सांसद साहको भनाई छ ।

‘यदि यस्तो कदम चालिँदैन भने गठबन्धन सरकारले नै आलमलाई उपहारस्वरूप सफाइ दिएको भन्ने सन्देश जान्छ । यस्तो अवस्था लोकतन्त्र र न्याय प्रणालीका लागि गम्भीर अपमान हो,’ उहाँले भन्नुभयो ।त्यस्तै, राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्ति तत्काल रोक्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

Leave a Reply