निजगढ,जाडो कम नभएपछि बाराको निजगढ, जीतपुरसिमरा र वीरगञ्ज नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा थप गरेका छन ।निजगढ नगरपालिकाले २, जीतपुरसिमरा, कोल्हबी र वीरगञ्ज महानगरपालिकाले थप ३ दिन जाडो बिदा दिएको हो ।निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटाले आइतवार सूचना सार्वजनिक गर्दै माघ ८ र ९ गतेसम्मको लागि जाडो बिदा थप गरिएको जानकारी गराउनुभएको छ । अत्याधिक चिसोका कारण विद्यालयको नियमित पठनपाठन असहज हुने र विद्यार्थीहरुको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्येनजर गर्दैै बर्षे बिदाबाट मिलान हुने गरी विद्यालयमा माघ ८ र ९ गतेसम्मको लागि बिदा दिइएको सूचनामा उल्लेख छ ।निजगढमा यसअघि गत माघ ३ र ४ गतेको लागि जाडो बिदा दिइएको थियो ।त्यसैगरी जीतपुरसिमरा र कोल्हबी नगरपालिकाले पनि आइतवार नै सूचना सार्वजनिक गर्दै माघ ८ गतेबाट १० गतेसम्मको लागि बिदा दिइएको जनाइएको छ ।त्यसैगरी वीरगञ्ज महानगरपालिकाले पनि ३ दिन जाडो विदा लम्ब्याएको छ ।महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णद्वारा आइतवार जारी सूचनामा जाडो विदाको आधिकारीक जानकारी गराइएको हो । जसअनुसार यही माग ८ गते देखि १० गतेसम्म वीरगञ्ज महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा हुनेछ ।
यसअघि महानगरपालिकाले पुष २३ गतेदेखि माघ १ गतेसम्म जाडो विदा दिएको थियो । चिसो बढ्दै गएपछि विदा लम्ब्याउँदै माघ २ गतेदेखि ४ गतेसम्म जाडो विदा थप गरेको थियो ।

Leave a Reply