सिमरा,डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंह सम्मानित हुनुभएको छ । सामुदायिक वन दिवसको अवसरमा काठमाण्डौंमा भएको कार्यक्रममा वन तथा भू संरक्षण विभागले शुक्रवार डिएफओ सिंहलाई पनि सम्मान गरेको हो ।
डिभिजन वन कार्यालयको प्रमुखको रुपमा जिल्लाका सामुदायिक वन समूहहरुको उत्कृष्ट कार्य सम्पादन र सवलीकरणमा योगदान पु¥याएकोभन्दै विभागले डिएफओ सिंहलाई सम्मान गरेको गरिएको हो ।
वन कार्यालयअन्तर्गत निजगढको जनज्योति सामुदायिक वन समूहले देशकै उत्कृष्ट वन समूहको रुपमा गणेशमान सिंह सामुदायिक वन पुरस्कार प्राप्त गरेपछि जिल्ला वन कार्यालय प्रमुख सिंहलाई पनि विभागले सम्मान गरेको हो । जनज्योति वन समूहलाई वन र वातावरण संरक्षणको क्षेत्रमा उत्कृष्ट काम गर्न र १ लाख राशीको गणेशमान सिंह सामुदायिक वन प्रथम पुरस्कार जित्न सफल बनाउने कार्यमा डिएफओ सिंहको भूमिका पनि उल्लेखनीय रहेको बताइएको छ ।

















