कलैया,मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका– १ स्थित सिमलाङ खोलामा पौडी खेल्ने क्रममा एक किशोर डुबेर बेपत्ता भएका छन् ।बाराको कलैया उपमहानगरपालिका– १ घर भई हाल काठमाण्डौं माईतिघर बस्ने सुरेशचन्द्र गुप्ताका अन्दाजी १८ वर्षिय छोरा कर्ण भन्ने प्रणय गुप्ता खोलामा डुबेर बेपत्ता भएका हुन् ।

उनी शनीवार साथीहरुसँग मकवानपुरस्थित मार्खु घुम्न गएको बेला अपरान्ह साँढे ४ बजे तिर पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्दै उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।अस्थायी प्रहरी पोष्ट मार्खु, ईलाका प्रहरी कार्यालय पालुङ र चित्लाङबाट खटेको प्रहरी टोलीले खोजतलास गरेपनि हालसम्म उनको अवस्थाबारे थाहा नभएको प्रहरीले जनाएको छ ।

Leave a Reply