सिमरा –  उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड डुमरवानाको अध्यक्षमा धनबहादुर तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका– १५ सुन्दरबस्तीमा शनिबार सम्पन्न १४औं साधारणसभा तथा अधिवेशनले तामाङको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा लाल गुरुङ, सचिवमा सूर्यनाथ अधिकारी, कोषाध्यक्षमा सुस्मिता चौधरी रहेका छन् । यसैगरी सहकारीको सदस्यमा सोनी गुरुङ, मिना तामाङ, केशव न्यौपाने, देवकुमार चौधरी र बिरा महतो चयन भएका छन । साधारणसभाले बिमला तामाङको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि सर्वसम्मत चयन गरेको छ । समितिको सदस्यहरूमा अर्जुन घले र मिना घले रहेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका– १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष ओमनाथ पौडेलको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जीतपुरसिमरा वडा नं. १३ का वडा अध्यक्ष हेमनारायण चौधरी, वडा नं. १२ का वडा अध्यक्ष श्यामबाबु खाँ, विन्दवासिनी सहकारी संस्थाका अध्यक्ष रुपलाल चौधरीलगायतका प्रतिनिधिहरूले सहकारीहरुले समुदायको उन्नतिमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

भूतपूर्व सैनिक समुदायको अग्रसरतामा स्थापित उक्त सहकारीले बचत तथा ऋण कारोबारका साथै विभिन्न सीपमूलक तालिममार्फत स्थानीयलाई आत्मनिर्भर बनाउन सहयोग गर्दै आएको छ । कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यहरूलाई नगदसहित सम्मान समेत गरिएको थियो । उद्घाटन समारोहको सहजीकरण व्यवस्थापक कृष्णप्रसाद नेपालले गर्नुभएको थियो ।

Leave a Reply