निजगढ,क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत निजगढ नगरपालिकाले क्षयरोगका शंकास्पद बिरामीको पहिचान गर्ने भएको छ ।‘क्षयरोगमुक्त नेपाल घोषणा अभियानको लागि वडास्तरीय सुक्ष्म योजना तर्जुमा’ कार्यक्रममार्फत नगरपालिकाले बिरामी पहिचान गर्ने योजना बनाएको हो । कार्यक्रमबारे जानकारी दिने उद्देश्यले निजगढ नगरपालिका कार्यालयमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सो कार्यक्रमबारे जानकारी दिइएको थियो ।कार्यक्रममा शंकास्पद बिरामीहरुको पहिचानको लागि क्षयरोग स्क्रीनिङ क्याम्प संचालन गरिने र स्क्रीनिङ मेसिनबाट क्षय रोगको अवस्था परीक्षण गरिने निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले जानकारी दिनुभयो । त्यसैगरी कार्यक्रमअन्तर्गत क्षयरोग बारे परामर्श सेवा, पोषण सेवा र स्वास्थ्य प्रबद्र्धधनको लागि सामुहिक सचेतना कार्यक्रम पनि संचालन गरिने उहाँले जानकारी दिनुभयो ।कार्यक्रम संचालन भएपछि क्षयरोग निजगढ नगरपालिका स्वास्थ्य शाखाका मणिश्वर घिमिरेले जानकारी दिनुभयो । निजगढ नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालको अध्यक्षतमा भएको सो अभिमुखीकरणमा वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामा, वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामालगायतले कार्यक्रमको महत्वबारेमा जानकारी दिएका थिए ।




















