जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ खैर्हर्वा खेल मैदानमा आइतवारदेखि दुई दिन थारु माघी (तिला संक्रान्त) संस्कृति उत्सव सुरु भएको छ ।उत्सवको एक कार्यक्रमका बीच मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले उद्घाटन गर्नुभएको हो ।थारु समुदायले हर्ष उल्लासका साथ मनाउने माघी पर्वको अवसरमा जीतपुरसिमरा ११ मा पहिलोपटक कार्यक्रमको आयोजना गरिएकोे हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ को कार्यालयको मुख्य सहयोग र थारु कल्याणकारिणी सभाको संरक्षकत्वमा कार्यक्रम आयोजना भएको हो ।कार्यक्रम आयोजनाका लागि थारु माघी (तिला संक्रान्त) संस्कृति उत्सव मूल आयोजना समिति गठन गरिएको छ । समितिको नेतृत्वमा आयोजना हुने दुई दिने कार्यक्रममा थारु समुदायको संस्कृति झल्कने नृत्य तथा अन्य प्रस्तुति, थारु आइडल, बाल उद्यान, विभिन्न स्टल रहनेछन् ।
कार्यक्रम अवधीभर झुमरा, झुमटा, पुर्वी, लगनी, विरहनी, सोहर गीत, हरफरौरी, सामाचकेवा, घाटो, जाट जाटीन, स्टिक र ठकारा नृत्यु प्रस्तुत हुने आयोजक समितिका अध्यक्ष अनिल चौधरीले जानकारी दिनुभयो । दुई दिने कार्यक्रममा थारु कलाकार खेम चौधरी, राजीव चौधरी, सगुन चौधरी र सुनिल विश्वकर्माको प्रस्तुति रहनेछ । कार्यक्रमको कुल अनुमानित लागत आठ लाख पाँच हजार रहेको चौधरीले बताउनुभयो ।

Leave a Reply