कोल्हबी,लोसपा नेता एंव मधेस प्रदेश सांसद पूर्व मन्त्री जितेन्द्र सोनलले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशमा विभिन्न समस्या देखिएको भएपनि यसको विकल्प खोज्ने बेला भने नभएको बताउनुभएको छ ।बाराको कोल्हबीमा मंगलवार भएको ‘साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण कार्यक्रम’ को उद्धाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सांसद सोनलले सो कुरा बताउनुभएको हो ।
‘संघीयता लागु भएपछि देशमा केही समस्या देखिएाक छन, उहाँले भन्नुभयो, तर समस्या आयो भन्दैमा यो व्यवस्थाको विकल्प खोज्ने बेला भने भएको छैन ।’ उहाँले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र विश्वमा नै उत्कृष्ट व्यवस्था मध्ये एक भएको दाबी गर्दै यसमा देखिएका कमिकमजोरी र त्रुटीहरु सच्याउदै अघि बढनुपर्नेमा जोड दिनुभयो ।देशमा संघीयता लागु भएपनि संघीयताको भावना र मर्मअनुसार प्रदेशहरुले अधिकार प्रयोग गर्न नपाएको पनि सुनाउनुभयो । ‘संघीयता भनिएको छ, तर प्रदेशलाई अधिकार विहिन पारिएको छ, उहाँले भन्नुभयो, प्रहरी, न्यायलय र राजश्व बाँडफाड जस्ता विषयमा प्रदेशलाई अधिकार छैन ।’
नेता सोनलले जनतालाई थप अधिकार सम्पन्न तुल्याउदै देशमा विद्यमान भ्रष्ट्राचार, अनियमितता र ढिलासुस्तिको अन्त्य गरेर सम्बृद्धि र सुशासनको यात्रा अघि बढनुपर्नेमा जोड दिनुभयो । उहाँले यसको लागि पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने पनि बताउनुभयो ।उहाँले जनताले अपेक्षा गरेअनुरुप पत्रकारहरुले काम गर्न नसकेको पनिसुनाउनुभयो । ‘पत्रकारहरुले आफूलाई व्यवसायिक बनाउनसकेको अवस्थामा मात्रै जनतालाई सही सूचना दिनसक्दन, उहाँले भन्नुभयो, यसको लागि तटस्थ र व्यवसायिक सीपको आवश्यकता पर्छ ।’ सोनलले व्यवसायिक पत्रकारिताको लागि पर्याप्त अध्ययन, ज्ञान, सीप र प्रविधिको प्रयोग जरुरी भएको पनि बताउनुभयो ।
पत्रकारिता समाजको तेस्रो आँखा र चौथो अङ्ग भएको र संचारकर्मीहरुले पनि सोही अनुसारको जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिनुभयो ।
सोनलले आज डिजिटल प्रणालीमा सर्वसाधारणको बढ्दो निर्भरताले साइबर अपराधको जोखिम पनि बढेको बताउनुभयो ।
आमसञ्चार प्राधिकरण मधेस प्रदेश अध्यक्ष जितेन्द्र खडगाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सिकेन्द्र पासवान, बारा शाखाका सभापती रमेश सुबेदी, आमसञ्चार प्राधिकरण मधेस प्रदेशका प्रशासकीय अधिकृत प्रशन्नराज कर्णलगायतले बोल्नुभएको थियो ।आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ बाराको समन्वयमा भएको सो कार्यक्रमको सहजीकरण महासंघ बारा शाखा सचिव पुष्पराज खतिवडाले गर्नुभएको थियो ।कार्यक्रममा सञ्चारकर्मी सुरेश बिडारी र प्रकाश मैनालीले साइबर क्राइम र पत्रकारितामा एआइको प्रयोग बारे सहभागी पत्रकारहरुलाई जानकारी दिनुभएको थियो ।

















