नरेश गुप्ता
बरियारपुर – राष्ट्रिय खोप अभियान दादुरा रुबेला विरुद्ध खोप बारामा संचालन हुने भएको छ । सन २००० सम्ममा दादुरा रुबेला रोग पुर्ण रुपमा नेपाल बाट रोकथाम गर्ने उदेश्यले खोप संचालन गर्नु परेको जिल्ला जनस्वास्थ कार्यालय बाराको वरिष्ठ अधिकृत राजकिशोर पंडितले बताउनु भयो ।
दादुरा रुबेला विरुद्धको खोप संचालन समबन्धी पत्रकार संग गरिएको अन्तरक्रिया कार्यक्रममा ९ महिना देखि ५ बर्ष मुनिको सबै बालबालिकालाई खोप अनिवार्य रुपमा लगाउनु पर्ने वहाले बताए । रोग लाग्नु भन्दा अगाडि यसको रोकथाम प्रती प्रभावकारी रणनीति , अनुगमन गर्ने वहाले जानकारी दिनु भयो ।
ददुरा रुबेला विरुद्धको खोप लिएको बालबालिका र नलिएको समेतलाई यश पटक अनिवार्य रुपमा खोप लिन आग्रह गर्नु भयो । दादुरा रुबेला विरुद्धको खोप लगाउन बारामा झण्डै १ लाख ११ हजार ३ सय ४७ जना बालबालिकालाई खोप दिईने लक्ष्य खोप अधिकृत छठु चौधरीले बताए । त्यसैगरी १ लाख ३० हजार २२ जना बालबालिकालाई पोलियो थोपा संगै खुवाउने चौधरीले जानकारी गराउनु भयो ।
त्यस्तै दादुरा रुबेला विरुद्धको खोप संचालनको लागि बारामा २ हजार ४ सय स्वयंसेवक र ४ सय २८ जना स्वास्थक्रमिलाई खटाईने छ । दादुरा रुबेला रोग बाट बिशेशगरि ५ बर्ष मुनिका बालबालिका बढी प्रभावित हुने गरेको छ । दादुरा रुबेला विरुद्धको खोप बारामा तीन चरनमा फाल्गुन २ गते देखि संचालन हुने भएको छ । पहिलो चरणमा फाल्गुन २ गते बाराको कोल्हबी , सुवर्ण , पचरौता , आदर्श कोतवाल , सिमरौनगढमा संचालन हुने भएको छ ।
त्यसैगरी दोस्रो चरनको फागुन १२ गते देखि कलैया , जितपुरसिमरा , परवानिपुर , प्रसौनी , फेटा , बिश्रामपुरमा संचालन हुने छ । तेस्रो चरनको फाल्गुन २२ देखि निजगढ , देवताल , करैयामाई , महागढीमाई , बारागढीमा संचालन हुने जिल्ला जनस्वास्थ्य कार्यलय बाराले जनाएको छ । दादुरा अति छिटो सर्ने संक्रामक रोग हो ।
जुन मिजल्स भाईरसको कारण बाट हुने गर्छ । रुबेला पनि रुबेला भाईरस कै कारण बाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यो रोग बाट वचन पांच बर्ष मुनिको सबै बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप अनिवार्य रुपमा लगाउन जानकारी गराईएको थियो ।