कलैया,बाराको महागढीमाई नगरपालिकामा १२ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।जिल्लाको महागढीमाई नगरपालिका– २ का ३० वर्षीय अकाश मण्डललाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।पीडित बालिकाका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा मण्डललाई पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले बताउनुृभयो । पीडित बालिकाको शनिवार नै कलैयास्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको जानकारी पनि दिनुभयो ।पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको एसपी काफ्लेले बताउनुभयो ।एसपी काफ्लेका अनुसार प्रहरीमा परेको उजुरीमा मण्डलले बालिकालाई विभिन्न प्रलोभनमा पारेर पटक जबरजस्ती करणी गरेका उल्लेख छ ।

Leave a Reply