नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को नयाँ सब भेरियन्ट छिमेकी मुलुक भारत हुँदै नेपालमा पनि देखापरेको बताएको छ । यस विषयलाई लिएर आम नागरिक तथा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी सचेतना अपनाउन अपिल पनि गरेको छ ।ओमिक्रोनको भेरियन्टको सब भेरियन्ट जे एन १ देखिएपछि सरकारी तबरबाट अपिलमात्रै नभई त्यसको प्रतिरोध गर्न आवश्यक व्यवस्थापन पनि गर्नुपर्छ । भोलिका दिनमा विगतमा जस्तो महामारी नफैलियोस् भनी सुरक्षा अपनाउने र भइहालेमा समाधानका लागि तयारी अवस्थामा रहनुपर्छ । विश्वका जुनसुकै देशमा नयाँ रोग देखियो भने पनि नेपालाले सचेत हुनैपर्छ ।नेपाल आफैँमा उपचारका लागि सक्षम मुलुक नभएका कारण रोग लाग्नुभन्दा रोग नै लाग्न नदिन के गर्नुपर्छ भन्ने विषयमा सतर्क भएर बस्नु पर्दछ । रोग लागि हाल्यो भने कसरी सुरक्षा अपनाइ अन्य व्यक्तिमा फैलन नदिने भन्ने विषयमा सचेतना अपनाउनु पर्दछ । हरेक नागरिकमा रोग नलागोस् भन्ने सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको कर्तव्य हो । त्यसैले पनि सरकारले महामारीको रूप लिनबाट रोक्न विभिन्न प्रभावकारी कदम चाल्न जरुरी छ ।नयाँ रोग लाग्यो भने नेपालले अध्ययन अनुसन्धानदेखि उपचार विधि अपनाउन विकसित मुलुकको मुख ताक्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा नेपालले सर्वप्रथम रोग नै लाग्न नदिन के गर्न सकिन्छ भनी नागरिकलाई सचेत गराउने र सुरक्षा नीति अपनाउने बारेमा जनचेतना फैलाउनुका साथै रोगसँग लड्ने क्षमता विकासका लागि पोषणयुक्त खाना खानुु जरुरी हुन्छ । बारा पर्सा यसैपनि खुला सीममा रहेका जिल्लाहरु भएका यस क्षेत्रका नागरिकहरु पनि सचेत बन्न आवश्यक छ तर आत्तिन भने जरुरी छैन ।

Leave a Reply