काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतवार विश्वासको मत लिने हुनुभएको छ ।ओलीले साउन ६ गते आइतबार बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेको एमाले सचेतक महेश बर्तौलाले बताउनुभएको छ ।
आइतवार नै ओली प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिएको छ ।७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, ओलीले एक हप्तामै विश्वासको मत लिने तयारी गरेको बर्तौलाले बताउनुभयो ।ओली यही आइतवार प्रधानमन्त्रीमा नियुक्त हनुभएको थियो । उहाँलाई नेपाली कांग्रेसको समर्थनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।उहाँले कांग्रेस एमालेका १ सय ६६ जना सांसदको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गर्नुभएको थियो । उहाँले सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिइसकेका छन् । प्रधानमन्त्रीमा ओलीको चौथो कार्यकाल हो ।

Leave a Reply