मनोज साह
जीतपुर,विश्व हिन्दु परिषद नेपाल जीतपुरले आगामी माघ ८ गते जीतपुर बजार क्षेत्रमा माछामासु बिक्रीमा रोक लगाउन जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ कार्यालय र स्थानीय व्यवसायीहरुसंग आग्रह गरेको छ ।मर्यादा पुरुषोतम भगवान श्रीराम जन्मभुमि भारतको अयोध्यामा नयाँ मन्दिरको प्राण प्रतिष्ठानको अवसरमा माघ ८ गतेका दिन विश्व हिन्दु परिषद नेपाल जीतपुरले जीतपुरसिमराका विभिन्न मठ मन्दिरमा पनि धार्मिक कार्यक्रम आयोजना गरेकोले सो दिन जीतपुर क्षेत्रका रहेको माछा मासु बेच्न रोक लगाउन आग्रह गरिएको परिषदका परिषदका जीतपुर नगर अध्यक्ष प्रिन्स गुप्ताले जानकारी दिनुभयो ।उहाँले जीतपुरसिमरा वडा नम्बर ७ वडा कार्यालय र स्थानीय व्यवसायीहरुलाई समेत पत्र पठाएर सो दिन माछा र मासुका पसल नखोल्न आग्रह समेत गरिएको छ । परिषदका कार्यकर्ताहरुले आइतवार वडा अध्यक्ष सुनिल गुप्तालाई ज्ञापन पत्र बुझाएर यस्तो आग्रह गरेका हुन ।

Leave a Reply