कृष्ण मोहन साह
सेढवा,पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले १० केजी लागु औषध गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक रामबहादुर पाली बोगटी नेतृत्वको गस्ती टोलीले बुधवार बेलुका ठोरी गाउँपालिका वडा नम्बर ४ माली बस्ती गाउँको दसगजा नजिक हुदै भारततर्फ पैदल गइरहेका एकजना मानिसले प्रहरी टोलीलाई देख्ने बितिकै १० किलो गाँजा फालेर भागेकोले पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरीले बल १३ नम्बर गणका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठले जानकारी दिनुभयो ।बरामद गरिएको गाँजा आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ




















