बाराको निजगढ आफैमा महत्वपूर्ण र ऐतिहासिक स्थल हो । त्यसो त बाराको सबै भूभाग उत्तिकै महत्वपूर्ण पनि छ । करिब एक दशक अघिबाट बाराको निजगढ क्षेत्रमा अन्तर्राष्ट्रिय बिमान स्थल बनाउने कुरा भयो र त्यसपछि बिस्तारै केही काम पनि भएकै हुन् । भन्नका लागि निजगढ भनिए पनि खासमा बाराको कोल्हबी र निजगढलाई छुने गरी यो बिमान स्थल बन्ने सपना देखाइएको थियो ।
बारा र यस आसपासका नागरिकहरुले देखेको सपनाले मुर्तरुप लिन नपाउँदै बिहीबार साँझतिर एकाएक एउटा समाचार सार्वजनिक भयो, त्यसले निजगढमा बिमान स्थल बन्ने सपना देखेका नागरिकको भावनामाथि निर्मम प्रहार गरेको छ । हो, बारा बिमान स्थल बन्नका लागि सबै कुरा प्रर्याप्त नहोला तर यसो भन्दैमा सर्वोच्चले गरेको फैसला एकदमै निन्दनीय र विकास विरोधी नै हो ।
विकासको पक्षमा बोल्दा वा लेख्दा सजायँ भोग्नुपर्छ भने त्यसमा कुनै आपत्ति छैन तर नागरिकहरुको भावनामाथि धावा बोल्ने सर्बोच्चको फैसला ऐतिहासिक रुपमा आपत्तिजनक छ । सर्वोच्चको फैसलाको बिपक्षमा आवाज उठाउन आवश्यक पनि छ । यो विकासको सवालमा निर्मम प्रहार नै हो । यस्ता जनविरोधी फैसलालले नेपाली न्यायलयको गरिमा घटाउने निश्चित छ ।