आरके राजन

सिम्रौनगढ,बाराको सिम्रौनगढ नजिक भारतको सीमावर्ती शहर घोडासहनमा प्रहरी र डाका समूहबीच भिडन्त भएको छ । भिडन्तमा दुई जना डाकाहरु मारिएका छन् ।आइतवार राती घोडासहन पुरनहिया नजिक डकैती गर्ने योजना बनाई रहेका डाकाहरुको समूहलाई गुप्त सूचनाको आधारमा मोतिहारीबाट प्रहरी परिचालन गरिएको थियो ।प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन खोज्दो बम प्रहार गरिएपछि जावाफी कारबाहीमा दुई पक्षबीच भिडन्त भएको थियो । भिडन्तमा दुई जना डाकाको मृत्यु हुनुका साथै तीन जना प्रहरी घाईते भएका छन । घटना स्थलबाट पिस्टन, देशी बम, बम बनाउने सामानहरु, कुल्हाडी र ग्याँस सिलिन्डर बरामद भएको प्रहरीले जानकारी दिएको छ ।करिब १५÷२० जनाको समुहमा रहेका डाकाहरुमा केही घाईते पनि भएको र उनीहरु नेपालको सीमातर्फ भागेको बताइएको छ । साथै मृत्यु भएका डाकाहरुको फोटो पहिचानको लागि भारत र नेपाल दुबै तर्फका सीमावर्ती थानाहरुमा पठाउने कार्य भइरहेको छ । सीमा सिल गरि घटनाबारे व्यापक अनुसन्धान भइरहेको मोतिहारीका एस. पी. कांतेश कुमार मिश्राले बताउनुभयो ।

Leave a Reply