दुष्यन्त चौधरी
कलैया, २१ कातिक । विद्याको मन्दिर भनेर विधालयलाई सबैले बुझने गर्दछौं । किनकी सोहि एउटा मात्र पवित्र स्थल हो यहाँ लक्षय सम्म पु¥याउने स्थल हो । तर विद्याको मन्दिरमा बाख्राको खोर भएरको कुरा सबैलाई अचम्म लाग्न सक्छ । तर वास्तवीकता यहि हो ।
श्री अनुप दीपनी माध्यमिक विधालय कोल्हवीले विगत लामो समयदेखि देशका अनकौ दक्ष जनशक्ति उत्पादन गरि देशका सेवामा अनवरत रुपमा योगदान दिइरहेको छन् । यो कुरा कोहि कसैबाट लुकेका छैनन् । त्यस विधालयमा शिक्षाले देश, समाज र व्यक्तिको विकाशमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । विद्यालयले शिक्षामा गर्नु पर्ने काममा कुनै कसर छोडेको छैनन् ।
तर अचेल पैसा र पावरको आडमा श्री अनुप दीपनी माध्यमिक विधालय कोल्हवीमा विद्याको मन्दिरलाई बाख्रा बाध्ने खोर बनाईएको हो । विद्यालय जस्तो स्थल पवित्र मन्दिर हुनुको साटो बाख्राको खोर बन्न पुगेको भन्दै स्थानीयबासीहरुको गुनासो रहेको छ । हजारौ विद्यार्थीहरुको भविष्यसँग जोडिएको उक्त विद्यालयमा त्यहीका गाउँका दिपेन्द्र साह (लाले) को करिव ५ वटा बाख्राहरु सँधै बाध्ने गरिएको छ ।
एक स्थानीयको अनुसार उक्त गाउँका बुद्धिजिवी, समाज सेवी तथा भद्रभलादमीहरु पटक पटक सचेत गराउदा पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय साहले कुनै ठोस कदम चाल्न सकेको छैनन् । कारण एउटै मात्र हो दिपेन्द्र साह (लाले) र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय साह एउटै विरादरीका व्यक्ति भएको स्थानीयले जानकारी दिए ।
स्थानीयले यस विषयमा आवाज उठाउदा उल्टै दिपेन्द्र साह (लाले) ले कसैले पनि केहि गर्न नसक्ने भनी उल्टो गाली गलौच गरि आफ्नो शक्ति प्रर्दशन गर्ने गरेको एक स्थानियले सुनाए । श्रोतले दिएको जानकारी अनुसार विद्यालयका प्रधानाध्यापक रामप्रकाश चौधरी पनि दिपेन्द्र साह (लाले) र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय साहको हनुमान भएकोले निरीह बनेको बताए । यस विषयमा विधालय व्यवस्थापन समितिका अध्यक्ष साहसँग प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेनन् ।