निजगढ,निजगढ नगरपालिका वडा नम्बर ८ स्थित सप्तरेखी महिला पशुपालन सहकारी संस्थाको ८औं साधारण सभा बुधवार सम्पन्न भएको छ ।सहकारी संस्थाकी अध्यक्ष सावित्रीदेवी भारतीको अध्यक्षतामा भएको साधारण सभाको मधेस प्रदेश सभाकी सदस्य मिना लामाले उद्धाटन गर्नुभएको थियो ।कार्यक्रममा अध्यक्ष भारतीले प्रस्तुत गरेको संस्थाको प्रगति र भावि योजनाको प्रतिवेदन तथा लेखा समितिका संयोजक बालकृष्ण मगरले प्रस्तुत गरेको आय व्यय विवरण सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।कार्यक्रममा संस्थाका सचिव बासुदेव तिमल्सिनाले स्वागत मन्तब्य र हिमचुली साना किसान सहकारी संस्थाकी अध्यक्ष दुर्गा कोइराला, तरकारी तथा फलफुल सहकारी संस्थाकी अध्यक्ष विष्णु नेपाल, सम्मुन्नत बहुउद्देश्यीय सहकारीकी सचिव उषा लामा मोक्तान, निजगढ ५ स्थित जनजाग्रिति सामुदायिक वन समुहका अध्यक्ष जयप्रसाद ढुङ्गानाले साधारण सभा सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रमको संचालन खडगप्रसाद उप्रेतीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरु मध्ये ६ जनालाई सम्मान गरिएको सहकारी संचालक समितिका सदस्य उप्रेतीले जानकारी दिनुभयो ।

Leave a Reply