रौतहट
। गौर भन्सार सुरक्षा गार्ड र भन्सार कर्मचारीको मिलेमतोमा पोके तस्करीको नाममा सिण्डिकेट सञ्चालन गरेको छ ।
चाडपर्व नजिकिदै गएको बेला गौर भन्सार कार्यालयमा खटिएका सुरक्षाकर्मी र भन्सार कर्मचारीहरुले पोके तस्करीको नाममा सिण्डिकेट सञ्चालन गरेका हुन् ।

विगत अढाई वर्ष देखि कोरोना कालमा बन्द भएको यात्रुवाहक टेम्पो सञ्चालन नभएको मौका छोप्दै पैदल वा साइकलको माध्यमबाट आउने पोके तस्करहरुसंग मासिक रकम असुल्दै सुरक्षाकर्मी र भन्सार कर्मचारीहरुले अवैध कार्यलाई प्रोत्साहन गर्दे आएका छन् ।

सदरमुकाम गौरबाट पोके तस्करीको माध्यमबाट दैनिक रुपमा तीन सय महिला, पुरुष तथा बालबालिकाहरुले तस्करी गर्दे आएपनी पैदल आउनेसंग प्रति व्यक्ति तीस देखि ५० रुपैया तथा साइकलवालाहरुसंग तीस देखि सय रुपैया भन्सार सुरक्षा गार्डका सुरक्षाकर्मीले असुल्ने गरेका छन् ।

गौर भन्सार कार्यालयले चारै तर्फ सिसिटिभी क्यामरा जडान गरेपनी सुरक्षाकर्मीले अवैध रकमलाई नजिकैको पान पसलमा जम्मा गराउने गरेका छन् । नेपाल प्रहरी र भन्सार कर्मचारीको छुटाछुटै पान पसल रहेको छ ।

पोके तस्करीमा संलग्न एक तस्करले आफ्नो नाम नछाप्ने शर्तमा भने सय रुपैया क्यारिगको समान लिएर आउंदा कहिले काही भन्सार सुरक्षा गार्डका सुरक्षाकर्मीले रकम नलिएर आधा समान नै लिएर जान्छ । १२ सय ५० रुपैया नेपाली मुल्य बराबर चिसो पेयपदार्थ लिएर आउंदा दुई वटा सुरक्षाकर्मीले खोसेर लिएर गए । हामीले प्रति क्यारेट पेयपदार्थ ढुवानी गर्दा ४० रुपैया दिदै आएपनी उनीहरुले रकम नलिएर दुई वटा लिएर गए । सय रुपैया कमाउंछु तर, कहिले काही समाननै बोकेर हिडंछन् सुरक्षाकर्मीहरु ।

यस्तै अपा·को नाममा भारतीय बिस्कुटहरुको दैनिक लाखौं मुल्य बराबरको तस्करी भईरहेपनी नियन्त्रण तर्फ सम्बनिधत निकायको ध्यानाकर्षण पुग्न सकेको छैन । सीमावर्ती भारतीय बजारबाट दैनिक १५ भन्दा बढी अपा·हरुले साइकल मार्फत दश देखी २० वटा भारतीय बिस्कुटको पोका लिएर सजिलै नेपाल भित्रने गरेको देख्न सकिन्छ ।

गौर भन्सार कार्यालयले प्रति किलो २ सय ४० रुपैया भारतीय बिस्कुटको भन्सार महशुल भएपनी अपा·हरुले दैनिक रुपमा दुई सय भन्दा बढी भारतीय बिस्कुट नेपाल भित्राउने गरेका छन् । यता नेपाली बजारमा भारतीय बिस्कुट छयाप्छयाप्ती पाउन थालेपछी नेपाली कारोबारीहरु भने सबै भन्दा ठुलो समस्यामा परेको रौतहट उद्योग वाणिज्य संघले जनाएको छ ।

सीमावर्ती भारतीय बजारबाट खासगरी खाद्यान्नको समान तस्करी हुने गरेको देखिन्छ ।
यस विषयमा भन्सार सुरक्षा गार्डका प्रहरी सहायक निरीक्षक किशोरी यादवले आफ्नो नाकाबाट कुनै अवैध कारोबारको लाइन सूचारु नभएको बताउनुभयो । धरायसी समान वाहेक पोके तस्करहरुको कुनै सिण्डिकेट सञ्चालन नभएको समेत उनले बताउनुभयो ।

 

Leave a Reply