दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाउँपालिकाको आर्थिक वर्ष २०८०-०८१ को १४औं गाउँसभाको दोस्रो हिउदे गाउँसभाको अधिबेशन सम्पन्न भएको छ.।गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवको अध्यक्षतामा भएको सो गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत अनुष आचार्य, पालिकाकी उपाध्यक्ष सुनैनाकुमारी चौधरी, पालिकाका वडा नम्बर १ देखि वडा नम्बर ८ सम्मका वडा अध्यक्षहरु सोनालाल साह, सुरेन्द्रप्रसाद चौधरी, प्रशुरामप्रसाद यादव, एकलाखबाबु अंसारी, उमेशप्रसाद चौधरी, राजकुमार चौधरी, बृज चौधरी, दिनेशप्रसाद चौधरीलगायत गाउँकार्यापालिका सदस्य सुरेन्द्रप्रसाद साह, दिपक पासवान, गाउँकार्यपािलकाका लेखा अधिकृत द्घारिका चौधरी, लेखा सहायक धिर्जान्नद साह, वडा सदस्यहरु, गाउँपालिकामा कार्यरत विभिन्न शाखाका प्रमुखहरु, कर्मचारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन योजना शाखाको नासु बिरेन्द्र वाईबाले गर्नुभएको थियो ।

Leave a Reply