धिरेन्द्र तिवारी

कलैया,बाराको सुवर्ण गाउँपालिकाको वडा नम्बर १ को चरमोहना टोलमा किशोर किशोरीहरुलाई १ दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।वडा कार्यालयमा भएको सो कार्यालयमा स्थानीय ६० जना किशोर किशोरीहरुलाई बालाविवाह र लागूऔषध दुव्र्यसनको बारेमा सचेततामूलक विषयमा प्रशिक्षक अनिल चौरसिया र आरती कुमारी जानकारी गराउनुभएको थियो ।कार्याक्रमका प्रमुख अतिथि गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामअवध राउत अहिरले सहभागीहरुलाई तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो ।कार्यक्रममा वडा सचिव गगनदेवप्रसाद यादव, मुकेश राम, सुरेस राम, सोभयकुमारी, अर्जुन यादव, अजबला यादव, सौरभ यादव, उपेन्द्र प्रसाद यादव, सुनिताकुमारी, रमिता कुमारी लगायतको उपस्थिति रहेको थियोे ।कार्यक्रम सुवर्ण गाउँपालिकाको आर्थिक सहयोग र युवा तथा महिला विकास केन्द्र बाराको आयोजनामा भएको थियो ।

Leave a Reply