धर्म मानिसका लागि एउटा आस्था हो । तर धर्म कुनै समय मानिसका लागि मुल कानुन सरह नै थियो । परापूर्वकालमा ऐन कानुन नभएको बेला कसैले गलत काम नगरोस् भन्ने उद्देश्यले धर्ममा पाप र पुण्यको कुरा गरिएको हो । भगवान मान्ने मान्छेको आफ्नै इच्छा हुन्छन् त्यो उसको अधिकार पनि हो । कसैले भगवान छैनन् मान्दिन भन्न पनि पाउछ । त्यो पनि उसको अधिकार हो । धर्म भनेको कसैको जवरजस्ति वा करकापमा पैदा हुने कुरा हुँदै होइन । तर, नेपालको सन्दर्भमा पछिल्ला दिनमा धर्मको नाउँमा वा राजाको नाउमा एक खालको हर्कत भइरहेको देखिन्छ ।नेपालमा एक जात वा धर्मको बसोवास छैन । संख्याका आधारमा हिन्दू धर्म मान्ने मानिस बढी छन् तर यसो भन्दैमा अन्य धर्मालम्बीहरुको नेपालमा अस्तित्व छैन वा नेपाल हिन्दु राज्य हुनुपर्छ भन्ने सोच अतिवाद हो । धर्म त मानिसले धारण गर्ने कुरा हो देशले कुनै एउटा धर्ममात्रै धारण गर्नुहुदैन । विका एकधा बाहेक विश्वको कुनै पनि देश धर्मको आधारमा संचालित छैनन । धर्मको आधारमा कानुन बनाएर चलेका देश होलान तर धर्मलाई नै कानुन बनाएर चलेका देश छैनन ।अब नेपालको कुरा गर्ने हो भने त जसले जुन धर्म माने पनि सबैजसो मानिसहरु हिन्दू धर्मको मूल्य मान्यताबाट प्रभावित छन् । दशैं लगभग सबैले मान्ने गर्दछन्, तिहार सबैले अनि छठ तथा कुर्वानी र इद त्यसैगरी क्रिसमस समेत । योभन्दा राम्रो धार्मिक सद्भाव के हुन सक्छ ? यस्तो अवस्थामा देशमा किन हिन्दू धर्म नै आवश्यक भन्ने प्रश्न उठन सक्छ ।गणतन्त्र आयो भन्दैमा दशैं तिहार मनाउन नपाउने वा क्रिसमसलाई बढी दिन बिदा दिने वा इस्लाम पर्वमा बढी बिदा दिने काम सरकारले गरेको छ र ? अनि धर्मको नाउमा अराजकता मच्चाएर देशमा हिंसाको माहौल सृजना गर्न हुन्न । अहिले भइरहेको यस्तो हर्कतबाट सबैजना सचेत हुन आवश्यक छ ।

















