धर्म भनेको कुनै पनि व्यक्तिको आस्था हो । कसैको आस्थामाथि कसैले पनि धावा बोल्न मिल्दैन । फेरि नेपालको परिवेशको कुरा गर्ने हो भने त संबिधानले नै सबै धर्मको अधिकारको सुनिश्चत गरेको छ ।नेपाल धर्म निरपेक्ष देश भएको पनि वषौं बितिसकेकोे छ । त्यसैले नेपालीहरुले नेपालका रहेका सबै धर्मको सम्मान गर्नु र सामाजिक सद्भाव कायम गर्नु दायित्व हुनेछ तर नेपालीहरुले यो कुरा बेलाबेलामा बिर्सने र बिर्साउने खेल भइरहेको छ ।अहिले धरानमा कथित गोरु काटेर खाएको भन्दै एक खालको धार्मिक हिंसा फैलाउने प्रयास गरिदैछ । नेपालको संबिधानले पनि गाई, गोरुलाई काटेर खान निषेध गरेको छ । यो पनि सबैले बुझ्नु पर्दछ । तर, बिश्वका कतिपय घटनाहरु हेर्ने हो भने नेताहरुले आफ्नो अभिष्ट पुरा गर्नका लागि धर्म र जातको समय कुरा गरेर समाजमा ठूला हिंसाका घटना मच्चाउने गरेका छन् ।नेपालमा माओवादीले दश वर्ष गरिबीको नाममा सशस्त्र संघर्ष गर्यो र जसले गर्दा केही नेपाली नागरिकहरुको अनाहकमा ज्यान गएकै हो । गरिबका नाममा भएको युद्धबाट गरिब जनतालेले के पाए यस विषयमा जगजाहेर नै छ । केही सिमित नेताहरु बाहेक सो युद्धबाट आम जनताको आर्थिक अवस्थामा भने कुनै परिवर्तन ल्याउन सकेन ।माओवादी आन्दोलनको विचलनपछि नेपालमा फेरि पनि गरिबीको नाउमा रोटी सेक्ने दिन समाप्त भइसकेपछि अब नेपालमा राजनीतिक गिरोहले धर्मको नाउमा लडाइ गराउने र नेपाली बीचको सद्भाव बिगार्ने खतरनाक खेल खैल्दैछन् । यसतर्फ नेपालीहरु बेलैमा सचेत नभए यो देशमा एकदिन फेरि धर्म र जातको नाउँमा रगत बग्ने निश्चिछ ।

 

Leave a Reply