राजन कुमार बनियापोखरिया,सशस्त्र प्रहरीले वीरगञ्जबाट १ क्विन्टल ६८ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।
वीरगञ्जबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअपमा फल्स बटम बनाई लुकाएर राखिएको १६ पोकामा रहेको १ सय ६८ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो ।सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर १३ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संगभ श्रेष्ठले जानकारी दिनुभयो ।सूचना अधिकारी श्रेष्ठकाअनुसार बरामद गाँजालाई बलेरो पिकअपसहित चालक, सहचालकलाई नेपाल प्रहरी समक्ष बुझाइएको छ । उनीहरुको साथबाट ७८ हजार ५ सय नगद र २ थान मोवाइल पनि बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनभयो ।
खैरो हिरोइनसहित बाराको जीतपुरका २ जना पर्सा प्रहरीको नियन्त्रणमा
वीरगञ्ज,बाराको जीतपुरका २ जना वीरगञ्जबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको प्रहरी चौकी वीरगञ्ज बसपार्क तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित सडक खण्डबाट शंकास्पद अवस्थामा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय बिनोदप्रसाद गुप्ता र सोही ठाउँका ३८ वर्षीय फिरोज चौधरी पक्राउ परेका हुन् ।शंकास्पद अवस्थामा भेटिएपछि चेकजाँच गर्दा गुप्ताले लगाएको पाइन्टको दाहिने खल्तीबाट २ वटा सेतो रंगको प्लाष्टिकमा बेरी राखेको पोकाभित्र लागुऔषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमारविक्रम थापाका अनुसार बरामद १ सय २ ग्राम खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थसहित पक्राउ परेका गुप्ता र चौधरीविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply