निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ नदीकट्टास्थित वाक्यश्वर महादेव मन्दिर परिसरमा आयोजना गर्न लागिएको बालाचतुर्थी मेलाको तयारी पुरा भएको छ ।

बालाचतुर्थी पर्वको अवसरमा मंसिर १३ गतेबाट १६ गतेसम्म लाग्ने सो मेला तयारीको क्रममा मेला परिसरमा माटो भर्ने, सम्याउने र घेराबाराको काम पुरा भएको मन्दिर संचालक समितिका सल्लाहाकार मानबहादुर श्रेष्ठले बताउनुभयो ।

 

उहाँले बाला चतुर्थीमा बत्ति बाल्ने स्थानको व्यवस्थापनको काम पनि पुरा भएको जानकारी दिनुभयो । मेलामा व्यापारिक स्टलसहित मनोरञ्जनात्मक विद्युतीय खेल र सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने मेला आयोजक समितिका संयोजक प्रदीप सापकोटाले बताउनुभएको छ । सापकोटाले सांस्कृतिक कार्यक्रममा सहभागी हुन काठमाण्डौंबाट कलाकारहरु कमल खत्री, संजिता सिंहको टोली आउने जानकारी पनि दिनुभयो ।

मेला परिसरमा व्यापारिक प्रयोजनकोलागि राखिने स्टलहरु प्रतिस्टल १ हजार रुपैयाका दरले बुकिङ्ग भइरहेको पनि बताउनुभयो ।

 

मेला आयोजनाले यस क्षेत्रको प्रचारप्रसार हुनुको साथै स्थानीय उत्पादनको बजारीकरणबाट गाउँबासीको आर्थिकोपार्जमा सहयोग पुग्ने मन्दीर संचालक समितिका अध्यक्ष राजन श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here