राजन कुमार बानिया

पोखरिया – बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बचाउन नेपाल सरकारले गरेको लकडाउनको समयमा दैनिक मजदुरी र जलादारी गरि कमाउने गुजारा चलाउनेहरुलाई सरकारले तोकेको मापदण्ड अनुसार पर्साको धोबिनी गाउँपालिकाले शनिबार राहत समाग्री खाद्यान्न बितरण गरेका छन्  । राहत खाद्यान्न समाग्री धोबिनी गाउँपालिकाको वडा नम्बर १ घोडदौरपिपरा र वडा  नम्बर २ भिखमपुरमा ८ सय जनालाई बितरण गरेका छन् ।

 

 

 

गाउँपालिका अध्यक्ष सुरेश प्र.कुर्मीको नेतृत्वमा राहत समाग्री खाद्यान्न बितरण गरिएको छ । अध्यक्ष कुर्मीले भने नेपाल सरकारले गरेको लकडाउनमा धोबिनी गाउँपालिकाको जनताहरुलाई आफ्नो घरमा बस्न आग्रह गर्दै तपाईंहरुको गाउँ घरमा राहत समाग्री खाद्यान्न लिएर आउदै छ । धोबिनी गाउँपालिकाको जनताहरुलाई भोकभाेकै बस्न दिनौ सबै जनाको घरमा चुलो जलने बवस्था लिएर आएको बताए । गाउँपालिकामा रहेको गरिब ,बिपन्न, दलित ,मजदुरी गरि खाने कमाउने जनताहरुलाई राहत समाग्री खाद्यान्न बितरण गरिने बताए ।

 

 

 

गाउँपालिकाको वडा नम्बर १ घोडदौरापिपरा  र वडा नम्बर २ भिखमपुरमा ८ सय जनालाई बितरण गरिएको र बाकी आज बितरण गरिने वडा अध्यक्षहरुले बताए । धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत चौधरीले भने गाउँपालिकाले प्रत्येक वडाहरुमा सर्वदलीय बैठक बसी सर्वदलीयहरुबाट बिपन्न ,गरिब,दलितहरुको पहिचान गरि धोबिनी गाउँपालिका वडा नम्बर १ र २ मा नमावली आएकोमा शनिबार उनिहरुलाई गाउँपालिकाकाे तर्फबाट एक बोरा चामल, खाने तेल, नुन र दुई सय नगद लगायत समाग्री बितरण गरिएको छ ।

 

 

 

खाद्यान्न बितरणको बेला राहत लिनेहरुलाई एक मिटरको दुरी बनाएर खाद्यान्न बितरण गराएको थियो । राहत खाद्यान्न समाग्री बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पारसनाथ प्रसाद कुर्मी, वडा नम्बर १ अधयक्ष ललन राउत कुर्मी , वडा नम्बर २ का अधयक्ष ननदलाल पटेल, नेकपाका हरि पटेल, वडासचिव , अशोक पटेल , मंसुर खां, केशराज प्रसाद कुर्मी, स्वास्थ्य संयोजक संजय यादव, भिखमपुर जनसमुदाय बिकास केन्द्रका अध्यक्ष सन्तोष पटेल , अमिका मुखिया, ईलाका प्रहरी कार्यालय लंगडीका प्रमुख बसन्त थापा, सशस्त्र प्रहरी र पत्रकारहरु लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here