धिरेन्द्र तिवारी
कलैया,प्रादेशिक अस्पताल कलैयाको सेवा प्रभावकारी नरहेको अस्पतालमा उपचार गराउन जाने बिरामीका आफन्तहरुले गुनासो गरेका छन ।अस्पतालमा समयमा चिकित्सक नआउने र अस्पतालको फार्मेसीमा चिकित्सकले दिएको प्रिस्क्रिप्शनअनुसारको औषधि समेत नपाउने जस्ता समस्याले सेवाग्रहीहरुले समस्या भोग्नुपरेको बताएका हुन । उनीहरुले नेपाल सरकारको बीमामार्फत निःशुल्क प्रदान गरिने औषधि मध्ये पारासिटामोलबाहेक अन्य कुनै पनि औषधि अस्पतालबाट नपाइएको बताएका छन ।अस्पतालको सेवाबारे सर्वसाधारणको गुनासो बढेपछि बारा क्षेत्र नम्बर ३ ‘२’ का मधेस प्रदेश सभा सदस्य महम्मद समिरले मंगववार अस्पतालमा छडके निरीक्षण गर्नुभएको थियो । निरीक्षणको क्रममा अस्पतालको आईसु फाँटका ईन्चार्ज उषा यादव बिदा स्वीकृत नै नगरी पुस २२ गतेदेखि अनुपस्थित रहेको फेला पारिएको थियो । प्रदेश सभा सदस्य समीर बिहान १०ः३० बजे अस्पतालमा पुग्दा ल्याब, एक्सरे, आईसियु, फार्मेसीलगायतका फाँटको सेवामा त्रुटी फेला परेको उहाँले बताउनुभएको छ ।निरीक्षणपछि सांसद समिरले सम्बन्धित फाँटको सेवामा सुधार गर्न अस्पतालका निमित्त मेडिकल सुररिटेण्ट चिकित्सक अजयकुमार गुप्तालाई निर्देशन दिनुभएको छ । उहाँले मेसु गुप्तासंग अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुको सिफ्ट सहितको नामावली ५ दिनभित्रमा उपलब्ध गराउन पनि निर्देशन दिनुभएको छ ।
सो क्रममा मेसु गुप्ताले आफूले प्रादेशिक अस्पतालको जिम्मेवारी सम्हालेपछि सेवामा धेरै सुधारमा आएको र आगामी दिनमा थप सुधार गर्दैजाने बताउनुभएको थियो ।

Leave a Reply