पोखरिया,पर्साको सखुवाप्रसौनी गाउँपालिका वडानम्बर ४ देवरबानामा चट्याङ्का कारण ३ महिला अचेत बनेका छन् । शनिवार बिहान परेको चट्याङ् लागेर देवरबानास्थित खेतमा रोपाई गरिरहेका स्थानीय मैना देवी कानु, गीता देवी कानु र रम्भा देवी तत्वा अचेत बनेका हुन् ।

 

चट्याङ्ग लागेर बेहोश बनेका ३ महिलाहरुलाई स्थानीयले उद्धार गरेर स्थानीय स्वास्थय संस्थामा पु¥याएका थिए । स्वास्थ्य संस्थामा उपचारपछि तिनै जना महिलाको होश खुलेको र अहिले अवस्था सामान्य रहेको स्थानीय राघो साह कानुले जानकारी दिनुभयो । यसअघि असार १५ गते बिहान परेको चट्याङ्का कारण पर्सामा ३ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here