काठमाडौं,नेपाल ह्याचरी उद्योग संघको कोषाध्यक्षमा निजगढका व्यवसायी नवराज पौडेल निर्वाचित हुनुभएको छ ।
गत पुस २० गते भएको १७औं वार्षिक साधारणबाट निर्वाचित लक्ष्मीदास मानन्धर नेतृत्वको कार्यसमितिमा निजगढका संचालक पौडेल कोषाध्यक्षमा छानिनुभएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र लामिछाने, प्रथम उपाध्यक्षमा बलराम केसी, द्वितीय उपाध्यक्ष बलराम सञ्जेल, महासचिव ज्ञानबहादुर विश्वराल र सचिवमा विवेक भट्ट चुनिएका छन् ।
घट्दो कारोबारका कारण पेसाबाट पलायन हुने अवस्थामा पुग्न लागेको बेला ह्याचरी व्यवसायीहरुले नयाँ नेतृत्व पाएका हुन ।ऋषिराम पौडेलको कार्यकाल सकिएसँगै मानन्धर दुई वर्षका लागि अध्यक्षमा चुनिनुभएको हो । नयाँ नेतृत्वमाथि व्यवसायीलाई जोगाउनुपर्ने चुनौति छ ।कुनै समय नेपालमा ३५६ वटा ह्याचरी उद्योग थिए भने अहिले जम्मा १२१ वटा मात्रै ह्याचरी उद्योग छन् । कोभिड अघिसम्म ३५६ वटा ह्याचरी रहेकामा अहिले १२१ मा झरेको अवस्था छ । तीमध्ये पनि ८० हाराहारीले मात्रै चल्ला उत्पादन गर्ने गरेका छन् । निरन्तरको घाटाका कारण धेरै ह्याचरी बन्द भएका हुन् । सातामा लेयर्स चल्ला ३ लाख उत्पादन हुने गरेकामा अहिले यसको उत्पादन १ लाख २५ हजार र ब्वायलर चल्ला सातामा ४५ लाख उत्पादन हुने गरेकोेमा अहिले २० लाख मात्रै उत्पादन हुँदै आएको छ ।भारतीय खुल्ला सिमानाबाट अवैध रुपमा आउने पोल्ट्रिजन्य पदार्थ, बढ्दो बैंकको ब्याजदर, नागरिकमा घटेको क्रयशक्ति, कच्चा पदार्थको लगाइएको भन्सार लगायतका कारण यो व्यवसाय टिक्न मुस्किल भएको हो ।

Leave a Reply