बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर ५ स्थित सार्वजनिक माध्यमिक विद्यालयको अभिभावक दिवस तथा ५९ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी आइतवार मनाइएको छ ।बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले दिवसको उद्धाटन गर्नुभएको थियो । उद्धाटन कार्यक्रमा प्रमुख अथितिको आशनबाट बोल्दै प्रतिनिधि सभा सदस्य मैनालीले सार्वजनिक मावि बारा जिल्लाभरिकै विद्यार्थीहरुको अकर्षणको केन्द्र बनेको बताउनुभयो ।उहाँले विद्यालयले प्राविधिक शिक्षातर्फ कम्प्युटर शिक्षाको थालनी गरेर गुणस्तरीय शिक्षामा नयाँ फडको मारेको जनाउनुभयो ।कार्यक्रममा मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, निजगढ नगरपालिकाका पूर्व नगर प्रमुख सुरेश खनाललगायतले विद्यालयको प्रगतिको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले विद्यालयको गतिविधि बारे जानकारी गराउनुभएको थियो भने लेखापाल नवराज गौतमले आयव्याय र अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।सोही कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमले स्वर्गीय पिता बासुदेव गौतमको स्मृतिमा स्थापना गर्नुभएको १ लाख ५ हजार रुपैयाको अक्षयकोषको लागि चेक हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रममा विद्यालयका ३ जना शिक्षकलाई नगदसहित विभिन्न विधामा सम्मान गरिएको थियो । शिक्षिका बालकुमारी सिंजालीलाई वर्ष शिक्षक, प्रकाश अधिकारीलाई सक्रिय शिक्षक र रोमकुमारीलाई आदर्श शिक्षकको रुपमा सम्मान गरिएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमको अध्यक्षतमा भएको सो कार्यक्रममा वार्षिक परीक्षा र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट छात्रछात्रालाई पनि पुरस्कृत गरिएको थियो ।शिक्षक भोलाप्रसाद चौलागाई र बालकुमारी सिंजालीले संचालन गरेको सो कार्यक्रममा विद्यार्थीहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here