वीरगन्ज,पर्साको सब डिभिजन वन कार्यलय रङ्गपुरले साइकलसहित सालको काठ बरामद गरेको छ । सब डिभिजन वन कार्यलय रङ्गपुरबाट खटिएको गस्ती टोलीले पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ नजिकैको वनबाट चोरी निकासी गरी साइकलमा ल्याउँदै गरेको अवस्थामा चार वटा सालको काठ बरामद गरेको हो । १५ क्युबिक फिट परिमाणको गोलिया काठ बरामद गरिएको हो ।त्यस्तै पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ को अकुवनीया टोलको जङ्गलबाट आइतबार राती १ः०० बजे क्रममा चार वटा साईकलमा लोड गरिएको अवस्थामा गस्ती टोलीले चार वटा सालको काठ बरामद गरेको छ ।२५ क्युफिटको गोलिया काठ बरामद गरेको गस्ति टोलीले जनाएको छ । बरामद गरिएका आठ वटै काठ र चार वटा साईकल सब डिभिजन कार्यलय रङ्गपुरमा ल्याएको सब डिभिजन अधिकृत कपिलदेव यादवले जानकारी दिनुभयो ।

Leave a Reply