निजगढ,निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माविलाई नमुना विद्यालयको रुपमा विकास गर्ने उद्देश्यले शुरु भएको विद्यालय सुधार गुरुयोजना निर्माण कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ ।

नेपाल सरकारको छनौटमा परेपछि नमुना विद्यालयको रुपमा विकास गर्न विद्यालयले गुरुयोजना तयार पार्न शुक्रवारबाट कार्यशालाको आयोजना गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर लामाको अध्यक्षमा भएको सो कार्यशालाको उद्धाटन निजगढ नगरपालिकाका मेयर सुरेश खनालले गर्नु भएको थियो ।

कार्यशालामा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछानेसहित जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका पूर्वप्रधानाध्यापकहरु, शिक्षक, अभिभावक र स्थानीय शिक्षासेवीहरुको सहभागिता रहेको विद्यलयका प्रधानाध्यापक बन्द्रीनारायण झाले जानकारी दिनुभयो । कार्यक्रमको संचालन विद्यालयका लेखा अधिकृत रुद्र धितालले गर्नु भएको थियो । नमुना विद्यालयको सूचीमा परेपछि शिक्षा मन्त्रालयले विद्यालयलाई बर्षेैनी डेढ करोड रुपैया अनुदान उपलब्ध गराउने र ५ वर्षभित्र नमुना विद्यालय घोषणा गरिने विद्यालय व्यवस्थापन समितिका सदस्य थानेश्वर सापकोटा अविरलले जानकारी दिनुभयो । यो वर्षको अनुदान रकम मन्त्रालयबाट निजगढ नगरपालिकाको कोषमा जम्मा भइसकेको पनि सापकोटाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here