बिहीबार फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको पहिलो बैठक बस्यो । बिहीबारको बैठक पहिलो भएकाले यसै पनि रोचक र चासो हुने भयो तर विगत झण्डै ३० बर्षमा नदेखिएको जस्तो दृश्य सदनमा देखिएको थियो ।

मुख्यतः सदनमा लामो भाषण गर्ने केपी ओलीदेखि खासै मन्तव्य राख्न नरुचाउने शेरबहादुर देउवाको उपस्थिति थिएन । यसले एक प्रकारको खल्लो जस्तो अनुभूति भएको थियो तर जनताले फरक मत दिएका कारण यसपालि सदनमा नयाँ दल र उसैका सांसदको वर्चश्व देखियो । नव युवाहरु नै बढी सदनमा देखिएका थिए ।
पूर्वप्रधानमन्त्री मध्यमा एकजना प्रचण्ड मात्रै सदनमा देखिनुले पनि सदनमा खल्लोपना दिएको थियो । जे भएपनि अब कम्तीमा पाँच वर्षका लागि यो सदन यस्तै हुनेछ । गत भदौमा भएको जस्तो कुनै विद्रोह भयो वा यस्तै केही कारण भए भने फरक कुरा नत्र यो सदन पाँच वर्ष रहनेछ र यसमा यस्तै कुरा देखिनेछ । पूर्वप्रधानमन्त्रीमध्ये देउवाको बास नै अहिले नेपालमा छैन भने केपी ओली पक्राउ परेको अवस्था छ ।
यस्तोमा सदन चलेको छ । सदन विधि प्रकृयाबाट नै चल्दा उचित हुनेछ र यसको अभ्यास पनि शुरु भइसकेको छ । अब सभामुख चयन भएपछि थप विधि पक्कै यसले निर्धारण गर्नेछ । तर जे भएपनि बिहीबार चैत १९ गतेको सदनमा भने केही रमाइलो संगै एक सुन्यताको महसुस पनि भयो र यसले फेरि जनतालाई धेरै फरक पार्ने कुरा त भएन किनभने जनताले नै यस्तो चाहेकै हुन् अब हेरौं बाँकी समय सदन कसरी अगाडि बढ्नेछ ?















