मनोज शाह

जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा ९ छातपिपरास्थित गढीमाई मन्दिरको पुर्निर्माणपछि आयोजना गरिएका पूजामा आइतवार कलश यात्रा निकालिएको छ ।

मन्दिरको पुर्निर्माणपछि गढीमाई मन्दिरको पूजापाठ आइतवारदेखि विधिवत रुपमा सुरु गरिएको हो । पूजाअघि मन्दिर परिशरबाट कलश यात्रा निकालिएको हो ।

उपमहानगरपालिका वडा नम्बर ७ का स्वर्गीय कमल साहले निर्माण गर्नुभएको गढीमाई मन्दिर उहाँका छोरा प्रदिप गुप्ताले हाल भव्य मन्दिरको रुपमा पुनर्निमाण गर्नुभएको हो ।

आफ्ना स्वर्गीय पिताले निर्माण गरेको मन्दिर जीर्ण भएको हुनाले अहिले आफूले निर्माण गरेको छोरा प्रदिप गुप्ताले बताउँनुभयो । मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि आइतबार हजारौं श्रद्धालु भक्तजनहरु सहित हात्ती, घोडा र बाजागाजाका साथ जल यात्रा निकालिएको थियो ।

मन्दिर परिसरबाट निकालिएको जल यात्राले जीतपुर बजार परिक्रमा गरि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित दुधौरा खोलाको जल लिएर फेरि मन्दिर परिसरमा फर्किएको र विधिवत रुपमा पूजा प्रारम्भ गरिएको स्थानीय आयुष गुप्ताले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here